‘तिमी को’ कविताको वर्तमान समाजसँगको सान्दर्भिक्ता

‘तिमी को’ कविताको वर्तमान समाजसँगको सान्दर्भिक्ता

 परिचय

कविको परिचय

गोपाल प्रसाद रिमाल नेपाली कवितामा लययुक्त गधका प्रयोगकर्ता र त्यसको नेतृत्यवदायी कवि हुन।

गोपाल प्रसाद रिमाल( १९७५-२०३०) नेपालि साहित्यमा प्रगतीवादि साहित्यकारका रुपमा

चिनिन्छ।काठमाण्डौँको लगनटोलमा जन्मिएका गोपालप्रसाद रिमाल निकै प्रतिभावान् व्यक्तिका रुपमा

परिचित छन्। उनी वि.सं १९९१ सालको प्रवेशीका परिक्षाको बोर्ड प्रथम भएका थिए र उनले

प्रमाणपत्र तससम्म अध्यन गरे।रिमालको साहित्यिक यात्रा वि.स १९९२ मा शारदा पत्रिकामा “प्रति”

शिर्षकको कविता प्रकाशित गरि भएको थियो।उनले सामन्य बोली चालीको भाषामा विशिष्ट अर्थ

सम्प्रषित गरेका छन्।रिमालको परिवर्तन र चेतनायुक्त कविता उनको जिवनको भोजाईबाट प्रेणित

छन्।“मसान”, “यो प्रेम”, “आमाको सपना” आदी उनको चर्चित कृतीहरु हुन।उनले वि.स २०१९

सालमा आमा को सपना का लागी मदन पुरस्कारबाट सम्मानित भएका थिए।उनले वि.स २०३०

सालमा त्रिभुवन पुरस्कारबाट पनि सम्मानित भएका थिए।उनि थोरै लेखेर धेरै नाम कमाउने कविको

रुपमा पनि चर्चित भएका छन्।

उद्देश्य

 तिमी को कविताको भावको अहिलेको समाजसँगको तादम्यता बारे खोज गर्न।

 तिमी को कविताको त्यस वखतको समाज बारे बुझ्न।

सिमाङ्कन

यो खोज आँफूले अवलोकन गरेको नेपाली समाजमा सीमित छ।

पद्दति

यो खोज सैद्धान्तक तथा अवलोकनमा आधारित रहेर गरिएको खोज हो।


कविताको मूलभाव

प्रस्तुत “तिमि को?” भन्ने कविता गोपाल प्रसाद रिमालद्वारा लिखित प्रगतिवादी तथा व्यङ्ग्यात्मक

कविता हो।नेपालमा २००७ सालमा परिवर्तन आउनु लगत्तै रचना गरिएको कवितामा रिमालले सोचे

जस्तो परिवर्तन नआएकाले सो असन्तुष्टिहरु “तिमि को”  कविताका माध्यमबाट उतारेका छन्। यस

कवितामा कविले हामी र तिमी दुई सर्वनाम शब्दलाई न्याँ अर्थ बोधकका साथ प्रयोग गरेको पाइन्छ।

‘तिमि’ भनेर क्रान्तिको परिवर्तनलाई भने ‘हामी’ भनेर परमपरावादी नेपाली समाजलाई सम्बोधन

गरेका छन्।


यस कवितामा ७ वटा प्रश्न गरिएको छ ।जुन प्रश्नमा उनले विदेशीको सहायतबाट राणाहरुससँग

सम्झौता गरी लयाएको प्रजातन्त्रप्रति तिब्र प्रतिकार गरेका छन्। २००७ सालको प्रजातन्त्र प्राप्तिको

लगत्तै लेखिएको यस कवितामा रिमालले चाहे जस्तो परिवर्तन नभएकोमा प्रतीकात्मक रुपमा असन्तुष्टि

व्यक्त गरी समाजमा भएका वि. स. २००७ सालको परिवर्तन एक धोका मात्र हो भनेका छन् । जसमा

आफ्नो जीउ ज्यान बाजी थापेर प्रजातन्त्रका लागि लड्ने, तातो रगत बगाई, छातीमा गोली खान

तयार रहने जनताका लागि प्रजातन्त्र आएको तर राणा शासन र विदेशी शक्तिबाट मुक्त हुन नसकेको

कुरा व्यक।त गरेका छन्। नेपाल माथि प्रभुत्व जमाउन खोज्ने विदेशीहरुको कुटनिति नै २००७ सालको

परिवर्तन हो । नेपाली जनतालाई झुक्याउने कथित राजनितिक वर्गले अँगालेको सोच यथास्थितिवादी

छ । उसलाई समाजको सुधार चाहिएको छैन । एकातिर समाजमा आमूल परिवर्तन गरी नेपाली

जनताले मौलिक हक अधिकार पूर्ण रुपमा उपभोग गर्न पाउन् भन्ने प्रजातान्त्रिक मान्यता बोकेका

रिमालले प्रतिनिधित्व गरेका छन् भने अर्कातिर भविष्यलाई नसोचि वर्तमान मै रमाउने स्वस्थ, सुन्दर

समाजको विरोध तथाकित समाज छ । उनका विचारमा आफ्नै खुबिबाट प्राप्त प्रजातन्त्र नै प्रजातन्त्र  

हो । 

विदेशीहरुको कुटनितिक चालबाजीबाट प्राप्त प्रजातन्त्र भ्रम र धोका हो । नेताहरुको चरित्र नेपाली

जनताका लागी निश्चित उद्देश्यमा पुग्ने एउटा बाधा हो र जनताले प्रजातन्त्र पछि जे पाएका छन् त्यति

मै सन्तुष्ट छन् । नेपाली जनताले २००७ साल पछि प्रजातन्त्र पाएनन्, नेपाली जनतामा सार्वभौमसत्ता

र अधिकार आउन सकेन र नेताहरुले वास्तविक लाचारी र व्यत्तिगत स्वार्थ देखाए जसले गर्दा २००७

सालपछि प्रजातन्त्रमा कुनै पनि सुधार आएन । यस कवितामा कवि रिमालले समाजमा रहेका

जनताहरुलाई जागरुक गराउनको लागी प्रजातन्त्र ल्याउन लागी परेका नेपाली जनतालाई २००७

सालपछिको प्रजातन्त्रमा पनि केहि स्वतन्त्र हुने मौका पाएनन् भनी जानकारी दिएका छन् । पाउनु पर्ने

सार्वभौमसत्ता र अधिकार समेत खोसिँदा पनि नेपाली जनता प्रजातन्त्रमा रमाउने खोक्रो आशा लिई

देखावटी प्रजातन्त्र पाएकोमा मख्ख परी बसेको कुरा व्यक्त गरेका छन्।

यसरी कवितामा सात सालमा आएको परिवर्तन अधूरो भयो, यो पनि संझौताबाट आएको हो, अर्कैले

ल्याइदिएको हो, तिमीले जितेनौ, जित्नसक्नुपथ्र्यो, यसका निम्ति आफैँ योग्य हुन सक्नुपथ्र्यो भन्ने

क्रान्तिकारीलाई यसो भन्ने तिमी को? भन्ने उल्टो प्रश्न गर्दै जति प्राप्त भयो त्यतिमै मख्ख पर्ने नेपाली

समाजप्रति तीब्र व्यङ्ग्य गरिएको छ । 

तसर्थ रिमालले आफ्ना पछिल्ला कविताहरुमा सुनौला प्रजातन्त्रलाई लक्ष्य गर्दै आशाका किरण छर्ने

प्रयास गरेका छन् । उनले नेपाली साहित्य क्षेत्रमा गद्यकवितालाई ज्यादै उच्च स्थानमा लगे । ज्यादै

सरल र सुन्दर शैलीको प्रयोग गरी तिमी ९क्रान्तिकारी, परिवर्तनकारी० र हामी परम्परावादी

सर्वनामको प्रयोग गरी २००७ सालको क्रान्तिले नेपाली समाजलाई दिएको उपलब्धिको समीक्षा र

मूल्याङ्कन गर्दै निराशा पोख्छन् । र साथसाथै समाजको अर्को पक्षद्धारा भएका दुर्गतिलाई पाखा

लगाउँदै सुधार र परिवर्तनकारी चेतना यस कविता मार्फत दिएका छन् । यसरी तिमी को कविता

सामाजिक कुरितीहरुलाई व्यङ्ग्य गर्दै रचना गरिएको छ ।    


विश्लेषण

वर्तमान समाजसँगको सान्दर्भिक्ता

हाम्रो देशमा स्रोत र साधनको कमी छैन। तर, हामी उक्त स्रोत र साधनको अर्थतन्त्रमा भने सदुपयोग

गर्न चुकिरहेका छौँ। हामी विदेशीकै सहारामा अगाडि बढ्नमा व्यस्त छौँ। हामीलाई आफ्नो अर्थतन्त्रको

विकासमा कुनै चासो छैन। हामी त केवल आयात गरिएका कुरामा मग्न हुनछौँ चाहे त्यो खाद्य होस् वा

देश चलाउने नीति। हाम्रो देश जलस्रोतको दोस्रो धनि देश भएता पनि हामीले हाम्रो देशको थुप्रै ठाँउमा

विद्युत उपलब्ध गराउन सकेका छैनौँ। हाम्रो देश जल स्रोत, पर्यटकीय दृष्टिकोण तथा प्रकृतिक स्रोतले

धनि देश हुँदा पनि हामी पछि परिरहेका छौँ। यति धेरै स्रोत र साधन हुँदा पनि हाम्रो देश ऋणले

चलिरहेको छ। नेपालमा २००७ सालपछि विभन्न राजनितिक परिवर्तन आए, २०१७ सालमा

पञ्चायती व्यवस्था सुरु भयो, २०४६ सालमा पञ्चायती व्यवस्थाको अन्त्य गरी फेरी प्रजातन्त्र आयो,

२०५२ सालमा माओवादी नेतृत्वमा जनयुद्ध सुरु भयो, २०५८ सालमा राजा विरेन्द्रको वंश नाश

भयो, २०६१ सालमा ज्ञानेन्द्रले कु गरी सत्ता हातमा लिए, २०६३ सालमा शान्ति समझैता भयो र

जनयुद्दको अन्त्य भयो र २०७२ सालमा नेपालको सविधानको घोषणा भयो।२००७ साल देखी

अहिलेको अवस्थासम्म आउँदा ७ वटा संविधान बने, थुप्रै नँया कानुनहरु बने, थुप्रै विकासहरु पनि भए,

मानिसहरुमा जन चेतना आयो तर मानिसहरुले आफ्नो विश्रङ्खखला, हार, आलस्य, दुर्गतीलाई

अँगालि नै रहनु पर्यो।

अहिले पनि मानिसहरुले आफ्नो लागि परिवर्तन ल्याउन सकेका छैनन्। ठुला ठुला भाषण गरी सो

कुरालाई व्यवहारमा उतार्ने प्रक्रियाको हामीमा चेत छैन। अहिले पनि हामी आफ्नो काम आफै नगरी

अरुको आशामा बस्छौ। हामि अझै पनि धनि मानीलाई पुज्ने गर्छौँ। हाम्रो देशमा अहिले पनि नातावाद

र कृपावाद कायम नै छ। हामीले हरेक कुरामा विदेशी सहायत खोज्छौँ। नेताहरुका ठुला ठुला गफ

भाषणमा मात्र सीमित छ। उनीहरुको हिँडाइ र जनतासँगको सामिप्यता केवल चुनावसम्ममा मात्र

अडिग छ। आँफू सत्तामा हुँदा केही नगर्ने तर प्रतिपक्षमा हुँदा कड्किने प्रचलन छ। पृथ्वी नारायण

शाहको ‘घुस लिने र दिने दुवै देशका शत्रु हुन्' भन्ने भनाई माटो मुनी विलीन भइसकेको छ।

शासकहरुको विकास भइरहेको छ तर मतदान गर्ने जनता जहाँको त्यहिँ छ। फौजदारी कानुनमा

राजनैतिक प्रवृत्ती हावी छ। समाज शोषित छ, ऊ बाह्य शक्तिद्वारा चलायमान छ।

निष्कर्ष

तिमि को भन्ने कवितामा कविले विश्रिङ्खखला, हार, आलस्य, दुर्गतीलाई हटाई देश बनाउन आग्रह

गरेका छन्। कविको एकमात्र चाहना भनेको नेपाली जनताहरु आफ्नो खुट्टमा आँफै उभिउन् र आँफै

परिवर्तन ल्याउन् भन्ने थियो तर त्यो अहिले सम्म पनि समाज उही अवस्थाबाट गुज्रिरहेको छ। तसर्थ

वर्तमान समाजमा पनि कवि रिमालको ‘तिमी को’ कविता सान्दर्भिक छ।

Comments

Popular posts from this blog

Questions and Answers of ‘My Mother Never Worked’

Questions and Answers of 'The Case Against Air Conditioning'

Summary of 'The Case Against Air Conditioning