Posts

Showing posts with the label Procedural Law

न्याय प्रणालीको विकासमा अदालतको मित्रको भूमिका

Image
 न्याय प्रणालीको विकासमा अदालतको मित्रको भूमिका पृष्ठभूमी अदालत भनेको न्यायिक काम गर्नको लागि बनाइएको एउटा अड्डा हो । जसले जनताको संवैधानिक र   मौलिक हक अधिकारको संरक्षण गर्दछ । अदालतमा विचाराधिन विषय केवल पक्ष विपक्षका हित,  स्वार्थ रक्षा गर्ने विषयमा मात्र केन्द्रित हुँदैन । सो विषय समग्र समाजलाई नै असर गर्ने प्रवृत्तिको हुन  सक्छ। तर, समाजलाई कस्तो निर्णय पस्किने भन्ने कुरामा अदालतलाई दुविधा पर्न सक्छ। त्यस्तो  भएको खण्डमा अदालतले आफ्नो सहजताका लागि सम्बन्धित विषयमा विद्वता हासिल गरेका  विशेषज्ञ, कानुन व्यवसायी, सरकारी वकिल वा प्राध्यापकलाई आह्वान गर्न सक्दछ।  'एमिकस क्युरी' ल्याटिन शब्द हो जसको अर्थ विवादलाई मित्रवत र सही ढङ्गले सुल्झाउनु हुन्छ।   नेपालीमा एमिकस क्यूरीलाई अदालतको सहयोगी भनिन्छ। अदालतलाई कुनै जटिल कानुनी प्रश्नमा वा  सार्वजनिक सरोकारको विषयमा निर्णयमा पुग्नका लागि अदालतले सहयोग मागे बमोजिम उपस्थित  भई बहस पैरवी गर्ने व्यक्ति अदालतको सहयोगी हो। उनिहरुले कुनै पक्षका पक्षतर्फ सम्बद्ध नरही सही  न्याय निरूपणको निमित्त...